प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०२-१७

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८१।०२।१६ गते १७:०० बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.१० बाराकोट स्थित सु.प.प्र.०१००१ ज १५०० नम्बरको बोलेरो जिप एक्कासी अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल पल्टिन गई दुर्घटना हुँदा जीपमा सवार दोगडाकेदार गा.पा. ६ सित्तड बस्ने बर्ष २१ की मिना जोशी गम्भिर घाईते भई अस्पताल पुर्‍याउना साथ डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, साथै उक्त जीपमा १३ जना सवार मध्ये १ जनाको मृत्यु भएको, ९ जना घाईतेहरुलाई उपचारको लागि बिभिन्न अस्पताल तर्फ पठाईएको, दुर्घटना पश्चात फरार रहेका जीप चालको प्रहरीले खोजी गर्नुका साथै दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०४

     कैलाली:- मिति २०८२।१०।०३ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट ऐ.१ एकतानगर बस्ने बर्ष २३ को नरेश परियार र ऐ. ब्लक नम्वर ६ बस्ने बर्ष ३० को गिर्जा बजगाईलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी, मिति २०८२।१०।०३ गते २३:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० बनकट्टी घाटबाट सोही ठाउँ वस्ने बर्ष २० को मुनिस राना र बर्ष २० को अविशेक रानालाई  शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      कञ्चनपुर:-  मिति २०८२।१०।०३  गते १२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट ऐ. ८ बस्ने बर्ष २० को अमित खत्री र ऐ. ७ बस्ने १८ वर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २९०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।