प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०२-१७

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८१।०२।१६ गते १७:०० बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.१० बाराकोट स्थित सु.प.प्र.०१००१ ज १५०० नम्बरको बोलेरो जिप एक्कासी अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल पल्टिन गई दुर्घटना हुँदा जीपमा सवार दोगडाकेदार गा.पा. ६ सित्तड बस्ने बर्ष २१ की मिना जोशी गम्भिर घाईते भई अस्पताल पुर्‍याउना साथ डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, साथै उक्त जीपमा १३ जना सवार मध्ये १ जनाको मृत्यु भएको, ९ जना घाईतेहरुलाई उपचारको लागि बिभिन्न अस्पताल तर्फ पठाईएको, दुर्घटना पश्चात फरार रहेका जीप चालको प्रहरीले खोजी गर्नुका साथै दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।