प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०२-१७

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०२।१६ गते १५:३५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.६ लालपुर चोक स्थित टेक बहादुर साउँदले संचालन गरेको न्यू भुवन हार्डवेयर पसलमा विद्युतको तार सर्ट भई अचानक आगलागी हुँदा सोही ठाउँ स्थित शंकर खड्काले संचालन गरेको भैरव अग्रोभेट पसल र नारायण वलीले संचालन गरको M.J. सुज सेन्टर समेत गरी ३ वटा पसलमा आगो सल्किन गई आगलागी हुँदा अन्दाजी रु. ४२,५०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

डोटी:- मिति २०८१।०२।१६ गते ११:१० बजेको समयमा जिल्ला डोटी, पुर्बिचौकी गा.पा.१ साँझघाट स्थित दिल बहादुर खड्काको दुई तले चार कोठे टिनले छाएको घर, पसल र बिष्णु बहादुर खड्काको तिन तले छ कोठे टिनले छाएको होटलमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा घर, पसल भित्र रहेका नगद, लत्ता कपडा, खुद्रा सामान, कस्मेटिक, भाँडा बर्तन, बाकसमा रहेका कागजपत्रहरु, फर्निचर, काउण्टर,ग्यास चुलो, फ्रिज, LED TV,काठको दराज लगायतका सामनहरु गरी अन्दाजी रु. ४०,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२१

  कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७४,०५०।– बराबरको पटका, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,४०,५५०।– बराबरको चिनी, मिश्री, मिठाई, नरिवल, विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको बिडी शुक्रबार प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२०

     कैलाली:- जिल्ला कैलाली जानकी गा.पा. २ बडरिया स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,३०,०००।– बराबरको विभिन्न किसिमका पटाका बिहिबार इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. २,४३,७५०।– बराबरको विभिन्न किसिमका सुर्ति,बिडी,मोबाईलका पार्टपुर्जा र किराना लगायतका सामानहरु  बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।