प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।१७ गते ०६:३० बजेको समयमा  जिल्ला कैलाली, गोदावरी न.पा.४ हनुमान मन्दिर नजिक जिल्ला बैतडी, दशरथचन्द न.पा.६ ग्वालेक बस्ने बर्ष अन्दाजी ५५/६० को कर्ण बहादुर धामी मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८१।०२।१७ गते १२:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ वडारा स्थित नर्सरीको जंगलमा ऐ. ३ चटकपुर बस्ने बर्ष ३२ को संजय राना मिति २०८१।०२।१२ गते घरबाट हराई बेपत्ता भई खोज तलास गर्दै जाँदा मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-०६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ लल्लिपुर घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बोइलर कुखुरा शनिबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी स्थानिय, जनप्रतिनिधिको रहोवरमा नष्ट गरेको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,५००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ति, दाल, सरप, चक्लेट, सेतो समेन्ट, फ्रिज थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।