फरार प्रतिवादी पक्राउ
२०८१-०२-१८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७२। ०१।२० गतेको फैसलाले बिबिध मुद्दामा रु.५००।- जरिवाना ठहर भई फरार रहेकी जानकि गाँ.पा.९ बस्ने बर्ष ३२ की चन्द्रा कुमारी शाहिलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।१७ गते निजकै घर ठेगानाबाट पक्राउ गरि सम्मानित अदालत समक्ष पेश गरेको ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको मिति २०८०। ०५।१० गतेको फैसलाले अवैध हातहतियार मुद्दामा ३ महिना कैद सजाय र रु.३०,२००।- जरिवाना ठहर भई फरार रहेका अजयमेरु गा.पा.६ बस्ने बर्ष अन्दाजी ४०/४२ को बिर सिंह भण्डारीलाई अस्थायी प्रहरी पोष्ट राजुल, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।१७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।