प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०२-१९

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा १ पार्कमोड, ऐ. २ ट्राफिक चौराह, टीकापुर न.पा.९ बालुवाटार र भजनी न.पा.३ कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५३,२५०।–  बराबरको प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

  कञ्चनपुर:- मिति २०८१।०२।१८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा. १ फटैया पिपल चौतारा, ऐ. ६ भुराकोट र ऐ. ७ पौलाहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५०,८१५।–  बराबरको बिडी, सुर्ती, पेय पदार्थ, छोहरा, खाने तेल, कराई, कचौरा, नट बोल्ड, प्लाष्टिक झिल्ली, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।