प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-१९

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।१८ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ बसपार्क पहाड लाईनको डोटी बैतडी होटलको कोठाबाट बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष ३७ को बिशाल सिंह कठायत, बर्ष ३० को प्रमोद पनेरू, बर्ष २१ को हिक्मत बाग, ऐ. ३ बस्ने बर्ष २७ को सन्तोष रावल र जिल्ला बैतडी, पाटन न.पा.७ बस्ने बर्ष ३० को भरत प्रसाद भट्टलाई  ९४०  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-०३

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,२९,३००।– बराबरको सुर्ती, सलाई, सुकेको मटर, डिजाईनिङ लेस, कपडामा प्रयोग गर्ने बुट्टा र बोयलर कुखुरा लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको भिमदत्त न.पा.१७ बनगाँउ स्थित अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ३४,०००।– बराबरको झ्याल र ढोकाका पर्दाहरु सोमबार दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०२

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा.११ ब्यारल चेकपोष्ट स्थित जिल्ला कैलाली घोडाघोडी न.पा.०६ बस्ने बर्ष अं.२५ को बिक्रम मिजार लाई भारतबाट नेपाल आउने क्रममा स.प्र.बल समेत इ.प्र.का.गड्डाचौकी कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आईतबार दिउसो शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ०.१६ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको ।      यसै गरी  जिल्ला कञ्चनपुर भिमदत्त नगरपालीका वडा नं.-९ जिरो पोईन्ट स्थित सडकमा हिडिरहेको अवस्था एक जना किशोरलाई लागु औषध ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ब्रह्मदेब कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आईतबार साँझ शंका लागि चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल गर्दा १२ ग्राम ला.औ.खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नयन्त्रणमा लिएको ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-०१

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,८३,९००।- ( दुई लाख त्रिरासी हजार नौ सय ) बराबरको रेडिमेड कुर्ता सुरुवाल र बिभिन्न किराना सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबट खटिएको प्रहरी टोलीले शनिवार वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको ।          कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,०३,८००।- ( तिन लाख तिन हजार  आठ सय ) बराबरको बिउ-बिजन, दाल, तोरी, तेल, गुड, बिडि, मिठाई, नरिवल, सुर्ती लागायतका किराना सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको ।       दार्चुला :- जिल्ला दार्चुला महाकाली नगरपालिका वडा नं. ९ मेलखेत खोलाको किनारमा अवैधरुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. १,४१,३६०।- ( एक लाख एकचालिस हजार  तिन सय साठी ) बराबरको ७४४ बण्डल बिडी प्रहरी चौकी जलजिवी दार्चुलाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको ।       

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०१

      कञ्चनपुर:- लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ चम्मचोक स्थित न्यु तहल्का होटल एण्ड लजको कोठा नं. १०६ मा जिल्ला कञ्चनपुर बेदकोट न.पा. वडा नं.७ बस्ने बर्ष अ.३४ को मनोज राज भट्टलाई लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी निजको साथबाट शुद्ध तौल ३ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ लागु औषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार साँझ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।