प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-१९

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।१८ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ बसपार्क पहाड लाईनको डोटी बैतडी होटलको कोठाबाट बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष ३७ को बिशाल सिंह कठायत, बर्ष ३० को प्रमोद पनेरू, बर्ष २१ को हिक्मत बाग, ऐ. ३ बस्ने बर्ष २७ को सन्तोष रावल र जिल्ला बैतडी, पाटन न.पा.७ बस्ने बर्ष ३० को भरत प्रसाद भट्टलाई  ९४०  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२८

कैलाली:- कैलाली धनगढी उ.म.न.पा. २ सारदा स्कुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२१,६००।–  बराबरको छिद्रा माछा बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका ८ नेपाल भारत सीमाना १८ नम्बर पिल्लर स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,२००।–  बराबरको बोईलर कुखुरा र पुनर्वास न.पा.३ SPL स्कुल नजिकैबाट अन्दाजी मुल्य रु. २०,२००।– बराबरको पेय पदार्थ,कपडा र किराना लगायका सामानहरु बुधबार इलाका प्रहरी कार्यालय दोदारा चाँदनी र त्रिभुवनबस्ति,कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।