अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।१९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ कार्मल स्कुल नजिक, ऐ. २ ट्राफिक चौराह, र भजनी न.पा. ५ मिलनपुर ऐ. ६ नवलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०३,८०३।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।१९ गते १२:०० वजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,२९,०००।– बराबरको लेडिज साइड ब्याग, लेडिज हेण्ड ब्याग, लेडिज सानो पर्स, लेडिज ठुलो साइड ब्याग लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
डडेल्धुरा:- मिति २०८१।०२।१९ गते ०५:०० वजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.६ गडगडेबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,५२०।– बराबरको चिनी, बिडी, मसला, पानी वर्सादी, बिस्कुट, छाता, थान कपडा, धोती कपडा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु इलाका प्रहरी कार्यालय तातापानी, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।