प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-२०

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।१९ गते १९:१५ बजेको समयमा  जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुर स्थित दाना फ्याक्ट्री अगाडि नाम/थर, वतन नखुलेको भारतीय मुलको जस्तो देखिने  बर्ष अन्दाजी ४०/४२ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका, यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-२१

     कैलाली:-  जिल्ला बझाङ केदारस्युँ गा.पा.घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ LN चोक स्थित बर्ष ३२ की कुसला शाहीले सञ्चालन गरेको पदम सपिंङ कम्प्लेक्स भित्र रहेको समता क्याफेबाट २० ग्राम ६६० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा शंका लागि खानतलासी गर्दा काउन्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो ।      यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ बेलीबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ५० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ बर्षिय र १७ बर्षिय किशोर रहेका छन ।  प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१४ प ३१६३  नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-२०

      कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ५४० मिलिग्राम सहित सोही न.पा.१ बस्ने बर्ष २८ को काशी राम आउजीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७४० मिलिग्राम सहित गोदावरी न.पा.२ बस्ने बर्ष २२ को अमित सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।