प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०२-२०

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०२।१९ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१० सिसैया स्थित पुर्ब बाट पश्चिम तर्फ जादै गरेको सु.प.प्र. ०२००१ क ५१४ नम्बरको टिप्परले सोही दिशा तर्फ आइरहेको साईकल यात्री ऐ. ६ बस्ने बर्ष ५२ को काले सुनारलाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको, उक्त  टिप्पर र टिप्पर चालक ऐ. ३ बस्ने बर्ष ३० को दिपक प्रसाद पन्तलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।

    डडेलधुरा, गन्यापधुरा गाउँपालिका देउपाल सामुदायिक वनस्थित सडकमा बागमती प्रदेश ०१ ००४ क २२५३ नम्बको टिपर सडकबाट करिब ५ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा सहचालक अमरगढी नगरपालिका-१ बण्ड बस्ने २२ वर्षीय केशव ऐरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।