अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ट्राफिक चौराह, ऐ. ४ बसपार्क, ऐ. १० चकमेली घाट र जानकी गा.पा.७ लट्कनियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,३४०।– बराबरको प्याज, चिनी, बिडी, अचार, मसला, सुर्ती, लेडिज सुट, अण्डरवेयर, गन्जी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.१० स्थित हाइवे, पुनर्वास न.पा.६ “ङ” गाउ, शुक्लाफाँटा न.पा.१ बन्साह बजार र बेलौरी न.पा.१० एमपीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३५,३६०।– बराबरको प्याज, चिनी, मिश्री, खानेतेल, दाल, गुड, सुर्ती, रड, स्क्रुप, पेय पदार्थ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।