प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-२१

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।२० गते १९:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ राम जानकी मन्दिर नजिकबाट शंका लागी चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष १९ को रमेश चौधरी र घोडाघोडी न.पा.१ बस्ने बर्ष २५ को बिकास चौधरीलाई ८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

  यसैगरी, मिति २०८१।०२।२० गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.१ रिगल चोकबाट शंका लागी चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २१ को बिपिन साउदलाई ३३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१९

     कैलाली:- मिति २०८२।०८।१८ गते १९:०० बजेको समयमा लागूऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गौरीगंगा न.पा.८ बढैपुर बजारबाट ऐ. गिधनिया बस्ने बर्ष २९ को मनोज बस्नेतलाई चेकजाँच गर्दा निजको साथबाट १२ ग्राम ७५ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, निजले प्रयोग गरेको स्कुटी थान-१, लागूऔषध तौल गर्ने तराजु थान-१, निजले प्रयोग गरेको मोबाइल थान-३ र नगद रु.५,९५५।– समेत फेला पारी उक्त पदार्थ, नगद र समानहरु सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-१८

     कञ्चनपुर:-  मिति २०८२।०८।१७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क,२ नम्वर गल्ली र ऐ.१० सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,६८,३५४।– बराबरको आईफोन कभर, बेलुन, झालर, हल्दि सेट, पाउडर, गिफ्ट पेपर, कलर गन, अन्न परासन, जुत्ता, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कैलाली:- मिति २०८२।०८।१७ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ जसबहादुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३५,०००।–बराबरको बिडी इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।