प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-२२

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।२१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

 १. चोरी मुद्दामा २ बर्ष कैद सजाय ठहर भएकी धनगढी उ.म.न.पा.२ बस्ने बर्ष ३५ की बिमला खड्का ।

 २. चोरी मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका उ.म.न.पा.१३ बस्ने मोहन खाती ।

 ३. बन मुद्दामा रु.११,६८०।– जरिवाना ठहर भएका टीकापुर न.पा.१ बस्ने वर्ष ३८ को महेन्द्र बि.क. ।

   बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको फैसलाले बिबाह सम्बन्धी कसूर (बहुविवाह) मुद्दामा ११ महिना ७ दिन कैद सजाय र रु.१०,०००।- जरिवाना ठहर भई फरार रहेका बडिमालिका न.पा.७ बस्ने बर्ष २८ को मन बहादुर बि.क.लाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।२१ गते  निजकै घर ठेगानाबाट  पक्राउ गरी  सम्मानित जिल्ला अदालत बाजुरा समक्ष गरेको ।


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०४

     कैलाली:- मिति २०८२।१०।०३ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट ऐ.१ एकतानगर बस्ने बर्ष २३ को नरेश परियार र ऐ. ब्लक नम्वर ६ बस्ने बर्ष ३० को गिर्जा बजगाईलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी, मिति २०८२।१०।०३ गते २३:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० बनकट्टी घाटबाट सोही ठाउँ वस्ने बर्ष २० को मुनिस राना र बर्ष २० को अविशेक रानालाई  शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      कञ्चनपुर:-  मिति २०८२।१०।०३  गते १२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट ऐ. ८ बस्ने बर्ष २० को अमित खत्री र ऐ. ७ बस्ने १८ वर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २९०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-०४

      कैलाली:- मिति २०८२।१०।०३ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ०३ मिलनचोक स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,०००।–बराबरको बिडी, साडी लगायतका सामानहरु वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:- मिति २०८२।१०।०३ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० गज्जरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,३००।–बराबरको बिभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।