प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध ब्राउन सुगर फेला

२०७९-१०-१०

  • A
  • A-
  • A+
Share

कैलाली १० गते २०:०० बजे, धनगढी उ.म.न.पा.९ तारताल स्थित अ.प्र.पोष्ट जुगेडाबाट प्र.ना.नि. को कमाण्डमा र स.प्र.बलको  BOP बाङग्रा कटानबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले शंकास्पद रुपमा हिडिरहेका ऐ.धनगढी उ.म.न.पा.१० बस्ने वर्ष २५ को गौरब श्रेष्ठ सहित ५ जनालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ४२० मिलिग्राम ला.औ.ब्राउन सुगर फेला पारि ला.औ.सहित निज ५ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा राखि अनुसन्धान कार्य भई रहेको । निम्नः- १.जि.कैलाली ध.उ.म.न.पा.१० बस्ने राम श्रेष्ठको छोरा बर्ष २५ को गौरब श्रेष्ठ । २.ऐ.ऐ. १३ बस्ने राम दिन चौधरीको छोरा बर्ष १९ को खुसीराम चौधरी । ३. कैलारी गा.पा. ७ बस्ने बर्ष २४ को मधुकर चौधरी। ४.गौरीगंगा न.पा. ९ बस्ने बर्ष २१ की अनुपा चौधरी । ५. जि.झापा पारदशी गा.पा. ५ बस्ने बर्ष २१ की पुजा लिम्बु ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ९६ मिलिग्राम सहित गोदावरी न.पा.५ बस्ने वर्ष ३१ को टंक राज भट्ट र वर्ष २६ को खगेन्द्र नाथलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ टेडियाबाट गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ७४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोर र लालझाडी गा.पा.१ बिनाबारी बस्ने वर्ष २६ को राम जनम चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी,  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ सेन्टरबाट नियन्त्रित लागूऔषध Tapentadol- ८७ ट्याब्लेट सहित गोदावारी न.पा.१ बस्ने वर्ष २१ को दिक्षित साँउदलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।