अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ट्राफिक चौराहा र पुरानो भन्सार रोड, ऐ. १० सालघारी र ऐ. १२ जुगेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३५,०१०।– बराबरको चिनी, पास्ता, साबुन, सुर्ती, बिडी, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।२२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १७ बाँसखेडा र पुनर्वास न.पा.६ “ङ’ गाउ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,४००।– बराबरको पेय पदार्थ, मोवाइल चार्जर, डाटाकेवल, मोवाइल ग्लास लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।