प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी बेपत्ता

२०८१-०२-२४

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।२३ गते १६:४५ बजेको समयमा जिल्ला कैलाली, मोहन्याल गा.पा.४ स्थित जिल्ला प्युठान, स्वर्गद्वारी न.पा.१ जिमरी घर भई हाल ऐ.४ कठ्युर मोहन्याल सामुदायीक बनमा खोटो निकाल्ने काम गर्ने बर्ष ४१ को धन बहादुर पुन कर्णाली नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पण्डौन, कैलालीबाट प्रहरी टोली खटिई गई खोजतलास भईरहेको, हालसम्म लाश फेला नपरेको, प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

सम्बन्धित समाचार
ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यू
२०८२-०९-२७

    डडेल्धुरा:- मिति २०८२।०९।२६ गते १८:३० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.९ कुयापानी स्थित जोगबुढा दैजि सडक खण्डमा जोगबुढाबाट गाईबाधे तर्फ गइरहेको से २ त १४७४ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट आउदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.१२ पन्तुरा बस्ने बर्ष २७ को नबिन साउद र मोटरसाइकल पछाडी सवार सोही बस्ने बर्ष ३५ को मान जाग्री गम्भिर घाईते भई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा दुवै जनालाई मृत घोषणा गरेको,  ट्याक्टर चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.९ सतघाट बस्ने बर्ष ३२ को शुरेस भट्ट फरार रहेकोले खोजतलास भईरहेको छ ।          

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८२-०९-२६

     डोटी:-  मिति २०८२।०९।२५ गते १५:२५ बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.१० बान्डुङग्रीसैन स्थित के.आई. सिंह राजमार्गमा धनगढी बाट दिपायल तर्फ जाँदै गरेको  सु.प.प्र. ०१-०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री  सोही ठाउँ बस्ने बर्ष ६८ की तारा देवी बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको, मोटरसाइकल चालक डोटी दिपायल सिलगढी न.पा.०२ खुल्लेक बस्ने बर्ष २६ को मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष ३६ को राम बोगटीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।