प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी बेपत्ता

२०८१-०२-२४

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।२३ गते १६:४५ बजेको समयमा जिल्ला कैलाली, मोहन्याल गा.पा.४ स्थित जिल्ला प्युठान, स्वर्गद्वारी न.पा.१ जिमरी घर भई हाल ऐ.४ कठ्युर मोहन्याल सामुदायीक बनमा खोटो निकाल्ने काम गर्ने बर्ष ४१ को धन बहादुर पुन कर्णाली नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पण्डौन, कैलालीबाट प्रहरी टोली खटिई गई खोजतलास भईरहेको, हालसम्म लाश फेला नपरेको, प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।