प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०२-२४

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।२३ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, जोशीपुर गा.पा.२ बस्ने दिनेश जेठाराको भान्सा कोठामा खाना पकाउनको लागि बालेको आगोबाट भान्सा कोठा संगै जोडीएको १ कोठे कच्ची गोठमा आगलागी हुँदा २ वटा बाख्राको जलेर मृत्यु भएको, ३ वटा बाख्रा जलि घाईते भएका र खाद्यान्न, साईकल लगायतका समानहरू गरी अन्दाजी मुल्य रु. १,८०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

   यसैगरी, मिति २०८१।०२।२३ गते १९:४५ बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१ बस्ने तुल बहादुर पहराईको २ तले जस्तापाताले छाएको कच्ची गोठमा अचानक आगलागी हुँदा गोठ र गोठ भित्र रहेको काठपात, भुसा लगायतका सामानहरु गरी अन्दाजी रु. ३,५०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, १ वटा भैसी र १ वटा बाख्रा जली सामान्य घाइते भएको, प्रहरी, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

   बाजुरा:- मिति २०८१।०२।२३ गते १९:४५ बजेको समयमा जिल्ला बाजुरा, बुढिनन्दा न.पा.१ तल्लो कोल्टी बजार बस्ने माने लुहारको घरमा बिजुलीको तार सर्ट हुन गई घरको एक कोठामा आगलागी हुँदा उक्त कोठा भित्र रहेका खाद्यान्न, लत्ता कपडा, Laptop थान-१  लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०५-२३

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०५।२२ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।१.      ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद सजाय र रु. २०,०००।– ( बिस हजार ) जरिवाना तोकिएको धनगढी उप-महानगरपालिका ८ बस्ने वर्ष ३८ को नन्दलाल राना थारु ।२.      अंगभंग मुद्दामा ३ महिना कैद सजाय तोकिएको गोदावरी न.पा.१ बस्ने वर्ष ३० को नबिन बिष्ट ।     यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना २० दिन कैद सजाय र रु. १,४०,०००।- (एक लाख चालिस हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.१२ बस्ने वर्ष ३९ को पदम बहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति कञ्चनपुरको वडा एरियामा फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीमा वुझाएको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२२

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४७,०२०।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,७८५।– बराबरको बिडी, सुर्ति, मिठई, दाल, नरिवल, बिस्कुट, फलफुल, तरकारी लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२१

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,१४,८८२।– बराबरको चिनी, मिठाई,  टाई, वेल्ट, कस्मेटिक लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर :- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ नहररोडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३२,७००।–  बराबरको सुर्ति  शनिबार राति इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।