अबैद्य काठ बरामद
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।११ गते ११;०० बजेको समयमा जिल्ला कञ्चनपुर पुनर्बास न.पा.११ अमरबस्ती स्थित भित्री पक्की सडकको किनारामा बेवारिसे अवस्थामा काठ छ, भन्ने बिशेष सुचनाको आधारमा ई.प्र.का.त्रभुवनवस्तीबाट प्र.नि. को कमाण्डमा प्रहरी टोली खटीई गई साल जातको काठको गोलीया थान १२ (बाह्र) ४५.०० क्यु.फिट बराबरको अबैद्य काठ फेला पारी बरामदी मुचुल्का गरी आवश्यक कार्वाहीको लागी सब डिभिजन बन कार्यालय पचकडिया परासन कुण्डा कञ्चनपुर पठाईएको ।