प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-२९

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८२।०८।२८  गते १८:३० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.५ घर भई हाल  ऐ. लम्कीचुहा न.पा.३ ब्यवस्थितनगर स्थित कोठा गरि बस्ने बर्ष २८ को सुनिल कुमार चौधरीको कोठा खानतलासी गर्दा निजको कोठाबाट ८ ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

      कञ्चनपुर:- मिति २०८२।०८।२८ गते १३:३० बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ हल्दुघाट बस्ने वर्ष ७२ को चन्द्र चन्दले ऐ. स्थित संचालन गरेको पसलमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ८१० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

     यसैगरी,  मिति २०८२।०८।२८  गते १७:१० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.०२ कञ्जबाट सोही ठाउँ बस्ने बर्ष २८ को छोट राम डगौरालाई  चेकजाँच गर्दा निजको साथबाट २६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

    यसैगरी, मिति २०८२।०८।२८ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.५ दोदापुल स्थित बेलौरीबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०२-००१ ह १९५० नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अटो चालक ऐ.१० बस्ने बर्ष २२ को रोसन सिंह साउद, अटोमा सवार ऐ. ११ बस्ने बर्ष २० को कैलाश खत्री र जिल्ला कैलाली, धनगढी उप-महानगरपालीका २ बस्ने १८ बर्षिय  किशोरको साथबाट  १५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, अटो सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।