प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-२४

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ३ महिना ३ दिन कैद सजाय ठहर भई फरार रहेकी चुरे गा.पा.३ बस्ने बर्ष २० की बिमला घिमिरेलाई धनगढी उ.म.न.पा.२ मिलनचोक स्थित रारा होटेलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।२३ गते  पक्राउ गरेको ।

  यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ५ दिन कैद सजाय र रु.१६,०००।- जरिवाना ठहर भई फरार रहेकी लम्की चुहा न.पा.३ बस्ने वर्ष ३० की दिपा बिष्ट साउँदलाई इलाका प्रहरी कार्यालय लम्की र चिसापानी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८१।०२।२३ गते निजकै घरबाट पक्राउ गरेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मृत्यु, घाईते
२०८२-१०-१३

      कैलाली:- मिति २०८२।१०।१२ गते २२:०५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.९ खुटिया पुलमा सु.प.प्र.०१-००१ च ३६१८ नम्बरको  एम्वुलेन्सले सोही दिशा तर्फ रोकी राखेको लु ५ त ३२२ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिंदा ट्याक्टरको छेउमा उभिएको जिल्ला कैलाली, कैलारी गा.पा.५ पवेरा वस्ने वर्ष ३० को अक्षय चौधरी गम्भिर घाइते भइ उपचारको लागी निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा २२:१२ बजेको समयमा मृत्यू भएको, सोही ट्याक्टरमा सवार जिल्ला कैलाली, गोदावरी न.पा.९ वल्मी टोल बस्ने बर्ष ६० को साँकी चौधरी समेत घाइते भई निजको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको, एम्वुलेन्स र एम्वुलेन्स चालक जिल्ला कैलाली, घोडाघोडी न.पा.०१ बस्ने बर्ष २५ को प्रवेश चौधरीलाई अस्थायी प्रहरी बिट स्याउले, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको  । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१३

      कैलाली:- मिति २०८२।१०।१२ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० सिमलघाटबाट सोही ठाउँ बस्ने २४ को राम नारायण रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।           कञ्चनपुर:-  मिति २०८२।१०।१२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टर नजिकबाट ऐ.१० तिल्केनीटोल बस्ने बर्ष २३ को ऐश्वर्या बिष्टलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३ ग्राम ६१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।१०।१२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट ऐ.७ बस्ने बर्ष २० को अमित राना र ऐ.बस्ने बर्ष २० को समिर चौधरीलाई भारतबाट नेपाल तर्फ शंकास्पद आउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुको साथबाट ५३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।१०।१२ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको बा ७८ प ६७५९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला बझाङ, जयपृथ्बी न.पा.३ पणेश बस्ती बस्ने बर्ष २६ को दिनेश बिष्टको साथबाट १ ग्राम ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                       

फरार प्रतिबादी पक्राउ
२०८२-१०-१२

       कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.८ बस्ने बर्ष २३ को दिपेन्द्र रानालाई  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।११  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।          कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६८।०३।०२ गतेको फैसलाले डाँकाचोरी मुद्दामा ६ बर्ष कैद सजाय र रु. २६,८५०।–जरिवाना र सोही मुद्दामा मिति २०६८।१२।०१ गतेको फैसलाले ६ बर्ष कैद सजाय र रु.३०,१५०।–जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ ढैया बालुवाटार बस्ने बर्ष ५० को मदन नाथ योगी भनिने मदन बि.क.लाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।११  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।