फरार प्रतिवादी पक्राउ
२०८१-०२-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।२४ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. हातहतियार खरखजाना मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५,०००।- जरिवाना तोकिएको मोहन्याल गा.पा.७ कुईने बस्ने वर्ष ५७ को कर्ण बहादुर कामी ।
२. चेक अनादर मुद्दामा रु. २,०००।– जरिवाना तोकिएको टीकापुर न.पा.२ बस्ने बर्ष ३३ की बेला शाही थापा ।
३. ज्यान मुद्दामा २ बर्ष ११ महिना ११ दिन कैद सजाय र रु.३२,०००।– जरिवाना तोकिएको लम्की चुहा न.पा.१ बस्ने बर्ष २६ को राजन चौधरी ।
४. लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको लम्कीचुहा न.पा. १ बस्ने बर्ष ४८ को सुरेश शाही ।