प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबी मृत्यु

२०८१-०२-२६

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।२५ गते १४:१० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.८ हाटखोली स्थित कालाखोलामा नुहाउने क्रममा जिल्ला डडेल्धुरा, अमरगढी न.पा. ५ बस्ने बर्ष  अन्दाजी २६/२७ को प्रतिक पन्त सहित ६ जना नुहाउन गएकोमा निज प्रतिक पन्त नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेती, कैलाली समेतबाट प्रहरी टोली खटिई गई निजलाई मृत अवस्थामा फेला पारेको,  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।