प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबी मृत्यु

२०८१-०२-२६

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।२५ गते १४:१० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.८ हाटखोली स्थित कालाखोलामा नुहाउने क्रममा जिल्ला डडेल्धुरा, अमरगढी न.पा. ५ बस्ने बर्ष  अन्दाजी २६/२७ को प्रतिक पन्त सहित ६ जना नुहाउन गएकोमा निज प्रतिक पन्त नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेती, कैलाली समेतबाट प्रहरी टोली खटिई गई निजलाई मृत अवस्थामा फेला पारेको,  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०८-२२

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. चोरी मुद्दामा २ वर्ष कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४  डि गाँउ बस्ने बर्ष २३ को आसबिन पौडेल क्षेत्री  । २. चोरी मुद्दामा २ वर्ष कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४  डि गाँउ बस्ने बर्ष २२ को आशिष सुनार ।३. चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २१ को सुबिर डगौरा ।४. चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २४ को राज चौधरी ।      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०७।१६ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१४ मझगाँउ वस्ने बर्ष २४ को अजय भण्डारीलाई अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२१ गते पक्राउ गरेको । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-२२

     कैलाली:- मिति २०८२।०८।२१ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४५,६००।–बराबरको कोट, लुङ्गी, सल, भेष्ट, टाउजर, पेटिकोट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- मिति २०८२।०८।२१ गते १०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०७,०६३।–बराबरको बिभिन्न किसिमका कपडा, मोबाईल कभर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२२

     कैलाली:-  मिति २०८२।०८।२१  गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चौराहबाट जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.५ बस्ने वर्ष २७ को गोविन्द विष्टलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        कञ्चनपुर:-  मिति २०८२।०८।२१  गते १७:२० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.८ भाँसिबाट सोही ठाउँ बस्ने वर्ष २१ को महेन्द्र डगौरालाई पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी बिट गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।