प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-२६

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८१।०२।२५ गते १९:०० बजेको समयमा जिल्ला बैतडी, डिलासैनि गा.पा.६ बाङ्गाबगर स्थित सतबाँज गोकुले सडक खण्डबाट अन्दाजी १५/२० मिटर टाढा जिल्ला दार्चुला, लेकम गा.पा.१ बित्थड बस्ने बर्ष अन्दाजी ५०/५५ को तिखुरे खत्री पानीको खाल्टोमा मृत अवस्थामा फेला परेका, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट आवश्यक अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८२-०७-१३

  कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा ६ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, दोधरा चाँदनी न.पा.१ चक्कीबजार बस्ने बर्ष २६ को करन सिह धामीलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।१२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।    डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन कैद सजाय र रु.७,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.१ बस्ने बर्ष २१ को लोकेश चन्दलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।१२ गते ऐ. अमरगढी न.पा.५ बागबजारबाट पक्राउ गरेको  ।

बैतडीमा जिप दुर्घटना
२०८२-०७-१३

    बैतडी:- मिति २०८२।०७।१२ गते २३:०० बजेको समयमा जिल्ला बैतडी, मेलौली न.पा.७ सवाखानी स्थित सुल्लेखानबाट मेलौली तर्फ आउदै गरेको से १ ज ७३२ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना हुँदा जिल्ला बैतडी, मेलौली न.पा.२ बस्ने बर्ष २४ की तुलसी पाण्डेय गम्भिर घाईते भई उपचारको लागि प्रा: स्वा. केन्द्र मेलौली लगिएकोमा चिकत्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको, साथै जिपमा चालक सहित ५ जना सवार मध्ये १ जनाको मृत्यु, चालक जिल्ला बैतडी, दशरथचन्द न.पा. ७ बस्ने बर्ष ३२ को जनक बडू समेत ४ जना घाईते भई उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा रिफर गरिएको ।    

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१२

       कैलाली:- मिति २०८२।०७।११ गते १३:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२ जुगेडा कटानबाट  सोही ठाउँ बस्ने बर्ष १९ को आकाश चौधरी र ऐ.७ बस्ने १८ बर्षिय किशोरलाई  शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २ ग्राम ८५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        कञ्चनपुर:- मिति २०८२।०७।११ गते १८:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बाग्मति प्रदेश ०२-०५० प ७३६८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बङ्क बस्ने बर्ष २६ को प्रदिप ऐरी र मोटरसाइकल पछाडी सवार ऐ. बेदकोट न.पा.२ जडेपानि बस्ने बर्ष २९को जनक बोहराको साथबाट ५ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।