प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-२६

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८१।०२।२५ गते १९:०० बजेको समयमा जिल्ला बैतडी, डिलासैनि गा.पा.६ बाङ्गाबगर स्थित सतबाँज गोकुले सडक खण्डबाट अन्दाजी १५/२० मिटर टाढा जिल्ला दार्चुला, लेकम गा.पा.१ बित्थड बस्ने बर्ष अन्दाजी ५०/५५ को तिखुरे खत्री पानीको खाल्टोमा मृत अवस्थामा फेला परेका, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट आवश्यक अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२०

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२६,४००।– बराबरको कुर्ति, साडी, धोती, सुटपिस, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३०,१९,४४०।– बराबरको सुर्ति, विभिन्न कम्पनिका मोवाइलका डिस्प्ले, बिस्कुट, प्लाष्टिक झिल्ली, भारतीय नम्बरको स्कारपिओ, मोटरसाइकल थान-१ लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१९

    कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मोति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १८० मिलिग्राम सहित सोही उ.म.न.पा.१५ बस्ने वर्ष २२ को राधेश्याम चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६६० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष १९ प्रबत चौधरी, कैलारी गा.पा.५ बस्ने वर्ष २० को सुजित चौधरी र ऐ. बस्ने वर्ष ४२ को श्याम बहादुर चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।