प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-२६

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ४ महिना कैद सजाय र रू १०,०००।– जरीवाना  तोकिइ फरार रहेकी धनगढी उ.म.न.पा.८ बुद्धचोक बस्ने बर्ष २२ की मोनिका वुढा वलीलाई ऐ.७ मनेहराबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।२५ गते  पक्राउ गरेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-११

  कैलाली :- मिति २०८२।०९।१० गते विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,६५,३००।– ( एक लाख पैसट्टी हजार तिन सय ) बराबरको बोईलर कुखुरा, सिद्रा माछा, विभिन्न किसिमका मिठाई र खुद्रा समानहरु जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर :- मिति २०८२।०९।१० गते बिहान १०:३० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. १६ मझगाँउ स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,६५,०००।-(एक लाख पैंसट्टी हजार)  बराबरको ६ वटा बोका ( बाख्रा ) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय कञ्चनपुर बुझाईएको । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-११

   कैलाली:- मिति २०८२।०९।१०  गते १७:०० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला पोष्ट नजिकै जिल्ला कैलाली टीकापुर न.पा. ०१ बनगाँउ बस्ने बर्ष ३३ को संजिव कुमार चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५७० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    यसैगरी, मिति २०८२।०९।१०  गते १७:४० बजेको समयमा जिल्ला कैलाली घोडाघोडी न.पा. २ टनकपुर बस्ने बर्ष ३७ को किसिमलाल चौधरीलाको घरमा खान तलासी गर्दा ११ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामत गरी निजलाई इलाका प्रहरी कार्यालय सुख्खड  र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको सयूक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

फरार प्रतिबादी पक्राउ
२०८२-०९-१०

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २२ जना फरार प्रतिवादीहरुलाई निजहरुको घर ठेगानाबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०९ गते पक्राउ गरेको छ ।    कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०२।२५ गतेको फैसलाले चोरी मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.१ पहरीया बस्ने बर्ष २३ को दिपेन्द्र डगौरालाई निजको घर ठेनानाबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०९ गते पक्राउ गरेको छ ।           अछाम :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८१।०३।२६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद, रु.२,०००।– जरिवाना तोकिएका जिल्ला अछाम चौरपाटी गा.पा.५ बस्ने तेज बहादुर रावल र मिति २०८२।०३।१७ गते फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद, रु. २०,०००।– जरिवाना तोकिएका जि. अछाम साँफेबगर न.पा. ५ नवठाना बस्ने रेमन्त बहादुर ठकुल्ला फरार प्रतिवादीहरुलाई विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०९ गते पक्राउ गरी जिल्ला अदालत अछाममा उपस्थित गराईएको ।