अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।२६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ट्राफिक चौराहा, ऐ. ५ एक्सिस स्कुल नजिक र तारानगर, ऐ. १२ “बि”गाँउ र भजनी न.पा.३ कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१०,८००।– बराबरको प्याज, चिनी, सुर्ती, मोबाइलका व्याट्री, ग्लास, चार्जर, कभर, कुर्ती सेट, टिसर्ट, कुर्ता सुरवाल, कट्टु, सरप, साबुन, स्याम्पु, थान कपडा, मुभिल, सुजी, बेसन, माछा मार्ने जाली, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।२६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१७ बाँसखेडा, पुनर्वास न.पा.१० चकमेली र ऐ. ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,०१५।– बराबरको पेय पदार्थ, नमकिन, चक्लेट, सुर्ती, बेसन, सुपारी, पानीपुरी, रङ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।