प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानिमा डुबी मृत्यु

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०१।२७ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.५ बनखेत स्थित नहरमा जिल्ला जाँजरकोट, शिवमितास न.पा.१ सल्ला गाँउ घर भई हाल भिमदत्त न.पा.५ बनखेत कृयापुत्रि भवनमा बस्ने बर्ष अन्दाजी ४५ को भुवन बुढाथोकिले नहरमा हाम फाली पानीमा डुवेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट प्रहरी टोली खटिई गई निजलाई पानिबाट निकाली महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर कञ्चनपुरमा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२१

  कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७४,०५०।– बराबरको पटका, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,४०,५५०।– बराबरको चिनी, मिश्री, मिठाई, नरिवल, विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको बिडी शुक्रबार प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२०

     कैलाली:- जिल्ला कैलाली जानकी गा.पा. २ बडरिया स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,३०,०००।– बराबरको विभिन्न किसिमका पटाका बिहिबार इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. २,४३,७५०।– बराबरको विभिन्न किसिमका सुर्ति,बिडी,मोबाईलका पार्टपुर्जा र किराना लगायतका सामानहरु  बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।