प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।२७ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, बजे गोदावरी न.पा. ४ भ्यागुतेपानी बस्ने बर्ष ४५ को बल बहादुर ओलीको एक तले एक कोठे टिनले छाएको कच्ची घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.२,००,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२७

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा. १५ कनरीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ६८० मिलिग्राम सहित सोही उ.म.न.पा. ७ बस्ने वर्ष २९ को सुनिल राना र वर्ष ३२ को प्रकाश रानालाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले शुक्रबार साँझ से ४ प ३९९ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६४० मिलिग्राम सहित जिल्ला अछाम साँफेबगर न.पा.७ बस्ने वर्ष २० को अभिजन भाटलाई अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२७

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७५,८००।– बराबरको चिनी, चना, पानिपुरी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०७,८३५।– बराबरको पेय पदार्थ, चिनी, किराना लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।