प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।२७ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, बजे गोदावरी न.पा. ४ भ्यागुतेपानी बस्ने बर्ष ४५ को बल बहादुर ओलीको एक तले एक कोठे टिनले छाएको कच्ची घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.२,००,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।