प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।२७ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएका लम्कीचुहा न.पा.१ बस्ने वर्ष २१ को रोहित चौधरी  ।

२. चोरी मुद्दामा रु. ५०,०००।– जरीवाना तोकिएका बर्दगोरिया गा.पा. ४ बस्ने बर्ष ३१ को सरोज चौधरी  ।

३. चोरी मुद्दामा रु. १,५०,०००।– जरीवाना तोकिएका बर्दगोरिया गा.पा.४ बस्ने बर्ष २८ को शाहिल चौधरी  ।

४. बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा रु. ४५,०००।– जरिवाना तोकिएका बर्दगोरिया गा.पा.५ बस्ने बर्ष ३४ को चन्द्र भुल ।

५. बोक्सी आरोप मुद्दामा ११ महिना ८ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएका लम्कीचुहा न.पा.३ स्थाई वतन भई हाल जिल्ला          बर्दिया गेरुवा   गा.पा.३ बस्ने वर्ष ४१ प्रेम चौधरी ।

६. बोक्सी आरोप मुद्दामा ११ महिना ५ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएकी लम्कीचुहा न.पा.३ स्थाई वतन भई हाल जिल्ला          बर्दिया गेरुवा    गा.पा.३ बस्ने वर्ष ४१ प्रेम चौधरी ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०६

    कैलाली:- जि.कैलाली भजनी नगरपालिका वडा नं.३ पडरीया स्थित इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बिहीबार दिउसो सोही ठाँउ बस्ने अन्दाजी बर्ष २८ को हरि प्रसाद डगौराको घर कोठामा खानतलासी गर्दा शुद्ध तौल ७७० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई बिहीबार दिउसो नियन्त्रणमा लिएको ।     यसै गरी जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा स्थित बिहीबार साँझ अस्थायी प्रहरी पोष्ट मनेहरा कैलालीबाट खटिएको प्रहरी टोलीले  ऐ.ऐ. १२ मनेहरा पुरानो शिविर‍ बस्ने वर्ष १८ को एकजना किसोरलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ७० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा-११ डोकेबजार स्थित बिहिबार साँझ भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. -५ गेटा बस्ने अन्दाजी बर्ष १९ को कुशल बिष्टलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट शुद्ध तौल ४५० मिलिग्राम खैरो हिरोईन जस्तो धूलो पदार्थ फेला पारी उक्त पदार्थ सहित चार जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०५

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ दक्षिणकाली मार्ग स्थित बुधबार साँझ जिल्ला कैलाली गोदावारी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को सन्जय राना, जिल्ला कंञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुर बस्ने बर्ष १९ को घनश्याम राना र एकजना १८ बर्षे किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट शुद्ध तौल ३ ग्राम ५८ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित तीनै जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धा प्रहरीले आबश्यकक अनुसन्धान गरिरहेको ।