प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०२।२८ गते १४:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ जानकी टोलमा लागू औषधको कारोबार तथा सेवन भई रहेको भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने १८ बर्षिय किशोरको घरको कोठामा खानतलासी गर्दा भेन्टीलेसनमा लुकाई छिपाई राखेको अवस्थामा ०.१५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित निज १८ बर्षिय किशोर र ऐ. वडा नं. ४ बस्ने १८ बर्षिय किशोर समेत दुइ जनालाई  नियन्त्रणमा लिईएको, सो सम्वन्धमा थप अनुसन्धान भईरहेको ।

    यसैगरी,  मिति २०८१।०२।२८ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ जानकी टोल स्थित लागू औषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा बर्ष २८ को शंकर दत्त जोशीको घरको कोठामा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिस सहित निज शंकर दत्त जोशी  र सोही ठाउँ वस्ने बर्ष २१ को ईमानुयल राइ समेत दुइ जनालाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।