फरार प्रतिवादी पक्राउ
२०८१-०२-२९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।२८ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा ४ महिना कैद सजाय र रू १०,०००।– जरीवाना तोकिएकी गोदावरी न.पा.८ बस्ने बर्ष १९ की बिष्ना पाल ।
२. बन मुद्दामा रु ६,९००।- जरिवाना तोकिएको जानकी गा.पा. ८ बस्ने बर्ष ४१ को नरेन्द्र पुरी ।