प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।२८ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. लागू औषध मुद्दामा ४ महिना कैद सजाय र रू १०,०००।– जरीवाना  तोकिएकी गोदावरी न.पा.८ बस्ने बर्ष १९ की बिष्ना पाल ।

२. बन मुद्दामा रु ६,९००।- जरिवाना तोकिएको जानकी गा.पा. ८ बस्ने बर्ष ४१ को नरेन्द्र पुरी ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-१२

    कैलाली:- मिति २०८१।०४।११ जिल्ला कैलाली, धनगढी-२ राम जानकी मन्दिर, ऐ-३ ट्राफिक चौराहा र गोदावरी -४ गोदावरी स्थित सडक किनारामा नजिक भारत बाट भन्सार छली ल्याएको अन्दाजी मुल्य रु.५,७२,६००/- बराबरको सुट मोजा, चस्मा, लेडिज सुट, जे.सि.बि.कम्प्रेसर मेसिन, स्टिलको रेलिङ्गमा लगाउने फुल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।     कंचनपुर :- मिति २०८१।०४।११ गते जिल्ला कंचनपुर, भिमदत्त-१० बिधुत कार्यालय, बेलौरी -१ फटैया र पुनर्वास -११ अमरबस्तीबाट भारतबाट भन्सार छली गरी ल्याएका अंदाजी मुल्य रु.१,७६,९८०।- बराबरको चामल, दाल, तेल, माईक्रोनी, चिनी, मिश्री, सुर्ती, बिंडी युरिया, सर्फ, हाडबेयरका सामानहरु, साईकल तथा साईकलका पार्टपुर्जाहरु, गुड, ड्यू , किरानाका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कंचनपुर तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।