अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।३२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ट्राफिक चौराह, ऐ. ४ एनसेल टावर नजिक र कैलारी गा.पा.३ निमुवा बोझिघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०९,६७५।– बराबरको थान कपडा, चप्पल, दाल, खुद्रा सामान, सुटपिस, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।