प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०३-०१

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८१।०२।३२ गते १२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.-१९ बागफाँटा बस्ने ज्ञानेश जोशीको गाई गोठमा आगलागी हुँदा १ वटा भैसि जलेर मृत्यु भएको र आगलागीबाट गोठ, काठ लगायतका सामानहरु गरी अन्दाजी रु.२,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

    यसैगरी, मिति २०८१।०२।३२ गते १३:२० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधरा चाँदनी न.पा.३ चैतेटोल बस्ने राजु बिष्टको खरले छाएको दुई कोठे कच्ची घरमा बिजुलिको तार सट भई आगलागी हुँदा घर, अन्नपात, लत्ता कपडा लगायतका सामानहरु गरी अन्दाजी रु.१,२०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१३

     कैलाली:- मिति २०८२।०१।१२ गते १३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल स्थित भारतबाट नेपाल आउदै गरेको अवस्थामा जिल्ला बैतडी, दशरथचन्द न.पा.१ बस्ने बर्ष २७ को विरेन्द्र सिंह भाटलाई ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०१।१२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट जिल्ला डोटी, जोराईल गा.पा.१ गैरा बस्ने बर्ष २४ को किरण बहादुर बिश्वकर्मालाई २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।