प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०३-०३

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।०२ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १४ D गाँउ स्थित से ५ प ६१६० नम्बरको मोटरसाईकलले सोही ठाउँ बस्ने बर्ष ७४ को पैदल यात्री चित्र बहादुर सुनारलाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि निसर्ग अस्पताल धनगढीमा लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, मोटरसाईकल र मोटरसाइकल चालक कैलारी गा.पा.८ बस्ने बर्ष ५४ को सुरेश चौधरी प्रहरीको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०६-०२

    कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.३ चौकिडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२६,२५,०००।– बराबरको मोटरसाईकलको टायर, मोटरसाईकलको ट्युब, घाँस काट्ने मेसिन, यु.पी. ३१ सि.टी. १३०३ भारतिय नम्वर पिलेटको चार चक्के मिनी ट्रक सहित चालक भारत लखिमपुर खिरी बस्ने वर्ष ३८ को चन्द्र कुमार बर्मालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र सशस्त्र प्रहरी ३४ नम्वर गण हेडक्वाटर धनगढीबाट संयुक्त रुपमा खटिएको टोलीले बिहीबार दिउँसो फेला पारी उक्त ट्रक, सामान र चालकलाई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको छ ।          यसैगरी, कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,४७,०५०।– बराबरको पेय पदार्थ, सुर्ति, बिडी, गुट्खा, थान कपडा, साडी, प्लाजु, वान पिस, इलेक्ट्रिक, किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ चौकीसत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१२,४५०।–  बराबरको इलेक्ट्रिक तथा किराना लगायतका सामानहरु बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.५ बनखेत स्थित लागूऔषधको कारोवार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ११ ग्राम ४० मिलिग्राम सहित सोही न.पा.६ बस्ने बर्ष ३० को हरिश प्रसाद जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ राजीपुर स्थित गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १.३७ ग्राम सहित जिल्ला कैलाली जोशीपुर गा.पा.१ घर भई हाल भिमदत्त न.पा.३ राजीपुर डेरा गरी बस्ने वर्ष २२ को सुदिप चौधरीलाई अस्थायी प्रहरी पोष्ट गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर बेतकोट न.पा.६ सिसैयाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १५० मिलिग्राम सहित सोही न.पा.१० हरपाल बस्ने वर्ष २३ को मिन बहादुर ठगुन्ना समेत दुई जनालाई प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।