प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रबिन्द्र के.सी. द्वारा जि.प्र.का. बाजुरा र अछामको निरिक्षण ।

२०८१-०३-०३

  • A
  • A-
  • A+
Share

   आज मिति २०८१।०३।०३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक  श्री रविन्द्र के.सी.ले जिल्ला प्रहरी कार्यालय मार्तडी बाजुराको कार्यालय परिसर, बिभिन्न शाखाहरू,हिरासत कक्ष, मेश लगायतको निरीक्षण गर्नु भयो । सो अवसरमा उहाँले जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक श्री दिलिप गिरी तथा उक्त कार्यालयमा कार्यरत अन्य प्रहरी अधिकृत तथा जवानहरूलाई  प्रहरी आचरण ब्यबहार तथा काम कर्तब्यको बारेमा आवश्यक निर्देशन दिनु हुंदै नागरिक मैत्री , निष्पक्ष र पारदर्शी एवं ब्याबसायिक प्रहरी सेवाका लागि   निष्ठापूर्बक कार्यरत रहन निर्देशन दिनु भयो । उहाँले लागु औषध, प्रतिबन्धित जडिबूटीहरू, ओखेटोपहार र नदीजन्य पदार्थहरूको दोहन नियन्त्रण गर्न सशक्तरूपमा क्रियाशील रहन पनि निर्देशन दिनु भयो । यस क्रममा उहाँले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र सम्भावित विपद जोखिम र प्रतिकार्य तयारीको बिषयमा जानकारी लिंदै नागरिकको जिउधनको सुरक्षाको लागि सबै प्रहरी कर्मचारीहरु पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहनु पर्ने  धारणा पनि  ब्यक्त गर्नु भयो ।

   आजै  उहाँले सदरमुकाम मार्तडीमा प्रमुख जिल्ला अधिकारी श्री भीमकान्त पौडेल लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसंग पनि बिपद प्रतिकार्य तयारी तथा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र चुनौतीको बारेमा समेत छलफल गर्नु भयो । साथै मार्तडी स्थित बडिमालिका नगरपालिकाको कार्यालयमा जानु भई नगर प्रमुख श्री अमर खडका र उप-प्रमुख श्री नन्दा थापा एवं न्यायिक समिति तथा स्वास्थ्य सम्बन्धि पदाधिकारीहरूसंगको बैठकमा सहभागी भई जातीय छुवाछुत, घरेलु हिंसा लगायत अन्य सामाजिक अपराधको अवस्था र चुनौतीहरूको बारेमा छलफल गर्नु भयो । यस अवसरमा  उहाँले कानूनी राज्यको स्थापना गर्न प्रहरी र स्थानीय सरकार बीचको साझेदारीको महत्वको बारेमा समेत आफ्नो धारणा राख्नु भयो । 

  आजै अपरान्ह प्रहरी नायब महानिरीक्षक के.सी. अछाम जिल्लाको सांफेबगरमा आयोजित जिल्ला प्रहरी कार्यालय अछामको शान्ति सुरक्षा सम्बन्धी बैठकमा सहभागी हुनु भयो । उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक श्री भरत बहादुर चौधरी , जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्री सन्तोष पाठक र ईलाका प्रहरी कार्यालय सांफेबगरका प्रमुख प्रहरी निरीक्षक श्री खगेन्द्र साउंद लगायत अछाम जिल्ला प्रहरी कार्यालय मातहतका सम्पुर्ण कार्यालयका कार्यालय प्रमुख प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । सो अवसरमा प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यस पश्चात सहभागीहरूसंग अन्तरक्रिया गरि प्रहरी नायब महानिरीक्षक के.सी.ले समसामयिक बिषयमा निर्देशन समेत दिनु भएको थियो ।

  सोही कार्यक्रममा उहाँले मिति २०८१।०२।२७ गते कर्णाली नदीको झोलुंगे पुलमा रसी चुंडिन गई पुलको बीच भागमा फसेका खच्चडहरूको उद्दार कार्यमा साहसिक भूमिका निर्वाह गर्नु हुने प्रहरी सहायक निरीक्षक श्री राम सिंह फराल र प्रहरी हवल्दार श्री गंगाराम चौधरीलाई प्रदेश प्रहरी कार्यालयबाट पूर्व घोषित नगद पुरस्कार समेत प्रदान गर्नु भयो ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१२

कैलाली:- जिल्ला कैलाली भजनी न.पा.५ कुटीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८१,७००।– बराबरको विभिन्न किसिमका भाँडा वर्तन, वच्चाका खेलौना, कस्मेटिक लगायतका सामानहरु बुधबार वेलुकी इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७,५६,८५०।– बराबरको विभिन्न किसिमका कपडा, बिडी, सुर्ति, पटका, मिठाई, मोबाईल डिस्प्ले, मोबाईल चार्जर, मोबाईल ग्लास, एयर फोन, स्मार्ट वाच (घडी), मोबाईल ब्याट्री, मोबाईल स्पिकर, माछा, बोइलर कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१२

      कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ मरियाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ७ सय २० मिलिग्राम सहित टीकापुर न.पा.३ बस्ने वर्ष १९ को सुमित सुनार र वर्ष २० को अभिषेक बि.क.लाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो से ४ प ७२४२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कैलाली भजनी न.पा.५ पगियापसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २१ को दिपक बुढा र १७ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ से ७ प ७४२ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित जोशीपुर गा.पा.१ बस्ने वर्ष २९ को नराज चौधरी, वर्ष २१ को अनुप चौधरी, १८ वर्षिय किशोर र ऐ.३ बस्ने वर्ष २२ को प्रेम चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गएराति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०७-११

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ एल. एन. चोक स्थित गोदावारी न.पा.६ बस्ने वर्ष ३३ को सुरेश चौधरीले चलाएको सु.प.प्र.०१००१ च ३०२३ नम्वरको पिकअप जिपलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९,६८,७६९।- ( नौ लाख अठसट्ठी हजार सात सय उनान्सत्तरी ) बराबरको सुर्ति, किराना, जिप सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई नियन्त्रणमा लिएको छ ।              कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,५१५।- बराबरको पेय पदार्थ, खाने तेल, बिडी, सुर्ति, नमकिन, विउ विजन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको छ ।