प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रबिन्द्र के.सी. द्वारा जि.प्र.का. बाजुरा र अछामको निरिक्षण ।

२०८१-०३-०३

  • A
  • A-
  • A+
Share

   आज मिति २०८१।०३।०३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक  श्री रविन्द्र के.सी.ले जिल्ला प्रहरी कार्यालय मार्तडी बाजुराको कार्यालय परिसर, बिभिन्न शाखाहरू,हिरासत कक्ष, मेश लगायतको निरीक्षण गर्नु भयो । सो अवसरमा उहाँले जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक श्री दिलिप गिरी तथा उक्त कार्यालयमा कार्यरत अन्य प्रहरी अधिकृत तथा जवानहरूलाई  प्रहरी आचरण ब्यबहार तथा काम कर्तब्यको बारेमा आवश्यक निर्देशन दिनु हुंदै नागरिक मैत्री , निष्पक्ष र पारदर्शी एवं ब्याबसायिक प्रहरी सेवाका लागि   निष्ठापूर्बक कार्यरत रहन निर्देशन दिनु भयो । उहाँले लागु औषध, प्रतिबन्धित जडिबूटीहरू, ओखेटोपहार र नदीजन्य पदार्थहरूको दोहन नियन्त्रण गर्न सशक्तरूपमा क्रियाशील रहन पनि निर्देशन दिनु भयो । यस क्रममा उहाँले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र सम्भावित विपद जोखिम र प्रतिकार्य तयारीको बिषयमा जानकारी लिंदै नागरिकको जिउधनको सुरक्षाको लागि सबै प्रहरी कर्मचारीहरु पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहनु पर्ने  धारणा पनि  ब्यक्त गर्नु भयो ।

   आजै  उहाँले सदरमुकाम मार्तडीमा प्रमुख जिल्ला अधिकारी श्री भीमकान्त पौडेल लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसंग पनि बिपद प्रतिकार्य तयारी तथा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र चुनौतीको बारेमा समेत छलफल गर्नु भयो । साथै मार्तडी स्थित बडिमालिका नगरपालिकाको कार्यालयमा जानु भई नगर प्रमुख श्री अमर खडका र उप-प्रमुख श्री नन्दा थापा एवं न्यायिक समिति तथा स्वास्थ्य सम्बन्धि पदाधिकारीहरूसंगको बैठकमा सहभागी भई जातीय छुवाछुत, घरेलु हिंसा लगायत अन्य सामाजिक अपराधको अवस्था र चुनौतीहरूको बारेमा छलफल गर्नु भयो । यस अवसरमा  उहाँले कानूनी राज्यको स्थापना गर्न प्रहरी र स्थानीय सरकार बीचको साझेदारीको महत्वको बारेमा समेत आफ्नो धारणा राख्नु भयो । 

  आजै अपरान्ह प्रहरी नायब महानिरीक्षक के.सी. अछाम जिल्लाको सांफेबगरमा आयोजित जिल्ला प्रहरी कार्यालय अछामको शान्ति सुरक्षा सम्बन्धी बैठकमा सहभागी हुनु भयो । उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक श्री भरत बहादुर चौधरी , जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्री सन्तोष पाठक र ईलाका प्रहरी कार्यालय सांफेबगरका प्रमुख प्रहरी निरीक्षक श्री खगेन्द्र साउंद लगायत अछाम जिल्ला प्रहरी कार्यालय मातहतका सम्पुर्ण कार्यालयका कार्यालय प्रमुख प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । सो अवसरमा प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यस पश्चात सहभागीहरूसंग अन्तरक्रिया गरि प्रहरी नायब महानिरीक्षक के.सी.ले समसामयिक बिषयमा निर्देशन समेत दिनु भएको थियो ।

  सोही कार्यक्रममा उहाँले मिति २०८१।०२।२७ गते कर्णाली नदीको झोलुंगे पुलमा रसी चुंडिन गई पुलको बीच भागमा फसेका खच्चडहरूको उद्दार कार्यमा साहसिक भूमिका निर्वाह गर्नु हुने प्रहरी सहायक निरीक्षक श्री राम सिंह फराल र प्रहरी हवल्दार श्री गंगाराम चौधरीलाई प्रदेश प्रहरी कार्यालयबाट पूर्व घोषित नगद पुरस्कार समेत प्रदान गर्नु भयो ।


सम्बन्धित समाचार
इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण तथा अवलोकन सम्पन्न
२०८३-०६-२७

    कैलालीः- मिति २०८३ साल असोज २७ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्री सानुराम भट्टराईज्यूबाट इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको निरीक्षण तथा अवलोकन सम्पन्न भएको छ।निरीक्षणका क्रममा उहाँले कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै शाखागत कार्यसम्पादन, नागरिक सेवा प्रवाहमा कार्यालयको भूमिका तथा हिरासत कक्षको अवस्थाबारे जानकारी लिनुभयो। सोही क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक श्री गिरासिंह महराज्यूले कार्यालयबाट सम्पादन भइरहेका कार्यहरू, शान्ति सुरक्षा व्यवस्थापन तथा समग्र कार्यसम्पादनका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो।निरीक्षणपश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै प्रहरी नायब महानिरीक्षक भट्टराईज्यूले नागरिकमैत्री, प्रभावकारी तथा गुणस्तरीय प्रहरी सेवा प्रवाहमा जोड दिनुभयो। साथै, आसन्न बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न, सम्भावित आपराधिक गतिविधिको पूर्वसूचना सङ्कलन तथा विश्लेषण गर्न, घटनास्थलमा तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रतिकार्य गर्न र आफ्नो कार्यक्षेत्रमा हुन सक्ने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित गस्ती तथा पेट्रोलिङलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन र प्रहरी आचरण तथा अनुशासन कायम राख्दै जिम्मेवारी निर्वाह गर्नसमेत निर्देशन दिनुभयो।उक्त निरीक्षण तथा अवलोकनका क्रममा अत्तरिया क्षेत्रका प्रमुख प्रहरी उपरीक्षक श्री नवराज कार्कीज्यू, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक श्री नरेन्द्र चन्दज्यू, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक श्री गिरासिंह महराज्यू, अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२७

   कञ्चनपुरः-  जिल्ला कञ्चनपुर बेदकोट न.पा.१० शिद्धनाथ चोक स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ३२ को यादव शाहुको घरकोठा खाँनतलासी गर्दा कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ६९० मिलिग्राम फेला पारी सोही कोठा भित्र रहेका ऐ.१ बस्ने वर्ष ३० को मुकेस मल्ल र ऐ.३ बस्ने वर्ष ३२ को महेन्द्र चन्द समेत तिनै जनालाई सोमबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट दैजी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान सहित ३ जना मानिस पक्राउ
२०८३-०६-२७

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा गाउँबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेका अन्दाजी मूल्य रु.८९,९५०।- ( उनानब्बे हजार नौ सय पचास) बराबरको भाँडा वर्तन, किरानाका सामान, साइकल थान-३ सहित भारत लखिमपुर खिरी ग्राम पञ्चायत बिनौरा बस्ने वर्ष २२ को वसी साहा, वर्ष २४ को नसिम साहा र वर्ष २० को सुहेल खाँनलाई अस्थायी प्रहरी पोष्ट मनेहरा, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त सामान सहित निजहरु तिनै जनालाई नियन्त्रणमा लिएको छ ।       यसैगरी, कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२८,०३०।– बराबरको साडी, सुटपिस, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।