प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०३-०४

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०३।०३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ट्राफिक चौराह, ऐ. ७ मनेहरा चोक, ऐ. ९ बङग्राकटन, ऐ. १४ हरैया, लम्कीचुहा न.पा.१ राजिपुर  र कैलारी गा.पा. ५ गोबरेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,९८,७३०।– बराबरको प्याज, चिनी, बेसन, सुर्ती, जिरा, चक्लेट, मोबाईलका पार्ट पुर्जाहरु, सुटपिस, थान कपडा, दोपट्टा, प्लाष्टिक डोरी, बोईलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

   कञ्चनपुर:- मिति २०८१।०३।०३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० जिमुवा, र  बेलौरी न.पा. २ भूराकोट, दिनापुर  र बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६६,०७०।– बराबरको पेय पदार्थ, चिनी, केराउ, पास्ता, चक्लेट, कुलर, थान कपडा, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०४

     कैलाली:- मिति २०८२।१०।०३ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट ऐ.१ एकतानगर बस्ने बर्ष २३ को नरेश परियार र ऐ. ब्लक नम्वर ६ बस्ने बर्ष ३० को गिर्जा बजगाईलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी, मिति २०८२।१०।०३ गते २३:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० बनकट्टी घाटबाट सोही ठाउँ वस्ने बर्ष २० को मुनिस राना र बर्ष २० को अविशेक रानालाई  शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      कञ्चनपुर:-  मिति २०८२।१०।०३  गते १२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट ऐ. ८ बस्ने बर्ष २० को अमित खत्री र ऐ. ७ बस्ने १८ वर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २९०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।