प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८१-०३-०४

  • A
  • A-
  • A+
Share

    बैतडी:- पाटन नगरपालिका-६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाटन नगरपालिका-६ पाटन बस्ने २६ वर्षीया भागरथी बिष्ट, सोही नगरपालिका-१ लदौरी बस्ने २० वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर रहेका छन् । भागरथीले शनिबार बीरभानको हत्या गरेको भन्ने खबरप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप सोधपुछको क्रममा भागरथीले बीरभानको हत्या गरी राजेन्द्र , ती किशोर र पाटन नगरपालिका-६ बस्ने ३० वर्षीय आशिष पहरीलाई शव जिम्मा लगाई सोही ठाउँस्थित घाङलखोलामा खसाल्न लगाएको भन्ने खुल्न आएपश्‍चात जिल्ला प्रहरी कार्यालय डडेल्धुरासँगको समन्वयमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ भत्काडाबाट राजेन्द्र र ती किशोरलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार आशिषको खोजी गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०६

      कैलाली:-  मिति २०८१।०९।०५ गते १४:५० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरियाबाट ऐ. चुरे गा.पा.५ बस्ने बर्ष २४ को यज्ञ प्रसाद कँडेललाई १ ग्राम ६६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।           यसैगरी,  मिति २०८१।०९।०५ गते २०:२५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ मिलनचोकबाट सोही ठाउँ बस्ने बस्ने बर्ष २५ को नरेन्द्र विष्टलाई ६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

थुनामुक्त गरीदिन्छु भनी रकम लिने तीन जना पक्राउ
२०८१-०९-०६

     कैलालीः- लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनी रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् । उनीहरूले लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरीदिन्छु भनी थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको खुल्नआएको छ । प्रहरीले उनीहरूको साथबाट ३९ हजार ५ सय भारतीय रूपैयाँ बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०५

        कञ्चनपुर:- मिति २०८१।०९।०४ गते १७:३० बजेको समयमा लागू औषध चरेशको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ ऐठपुर नवदुर्गा मार्ग स्थित सोही ठाउँ बस्ने बर्ष ७२ को प्रमानन्द भट्टको घर-कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १ किलो ४७० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरी उक्त पदार्थ, निज प्रमानन्द भट्ट र लागू औषध खरिद गर्ने ऐ. ४ बस्ने १८ बर्षिय किशोर समेतलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              कैलाली:-  मिति २०८१।०९।०४ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ संचयकोष कार्यालय नजिकबाट जिल्ला बैतडी, दोगडाकेदार गा.पा. घर भई हाल धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २५ को हेमन्त कार्की र जिल्ला बझाङ केदारस्यु गा.पा.२ घर भई हाल धनगढी उ.म.न.पा. २ बस्ने बर्ष २० को पारस रावललाई ३२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-०५

      कैलाली:-  मिति २०८१।०९।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, आदर्श चोक, ऐ. ४ बसपार्क, संचयकोष कार्यालय नजिक, ऐ. ७ मनेहरा, ऐ. १२ मनेहरा पोष्ट नजिक, भजनी न.पा. ०६ नवलपुर, गौरीगंगा न.पा.११ शिबपुर र जोशीपुर गा.पा.३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,००,१५०।– बराबरको प्याज, चिनी, गुड, बिडी, सुर्ती, नरिवल, नमकिन, दाल, आलु, खुर्सानी, उनि सर्ट, स्कुल ब्याग, ज्याकेट, मल, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।        कञ्चनपुर:-  मिति २०८१।०९।०४ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ९ तुम्नाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,०००।– चिनी, बिडी, खाने तेल, थान कपडा, कस्मेटिक लगायतका सामानहरु इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको ।