अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा ४ बसपार्क नजिक, ऐ. ७ देवरीया, ऐ. ९ जुगेडागाँउ र ऐ. १८ लुक्लीपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४७,५००।– बराबरको चिनी, सुर्ती, मटर, पापड, सुपारी, बोईलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०३।०५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ बजार र ऐ. १० तिनताराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,२४,९००।– बराबरको एयर फोन, डाटा केबल, मोबाइल ग्लास, चार्जर, पङ्खाका पत्ता, ब्रेक तार, साईकल ट्युब, साईकल घण्टी, पंखा, हार्डवरका समान, कुरकुरे, चुरोट, नमकिन, तरकारी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।