अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।०५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ट्राफिक चौराहा र ऐ. १९ बहुलियाघाट बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४३,५००।– बराबरको चिनी, बिडी, सुर्ती, पापड, प्लाष्टिक झिल्ली, ब्याट्री लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०३।०५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भाँसी र पुनर्वास न.पा.१ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,४००।– बराबरको पेय पदार्थ, मिल्क पाउडर, पोटास, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।