प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-०८

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०३।०७ गते १७:०० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टीकापुर न.पा.१ गोलपार्क स्थित सडक खण्डबाट पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष ३५ को आशिष लोथ्याललाई १९० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२३

    कञ्चनपुर:- मिति २०८२।०८।२२ गते १५:४० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ महाकाली क्याम्पस नजिक बेलौरी तर्फ आउदै गरेको सु.प.प्र.०१-०१ ह ५५०५ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाडी बस्ने बर्ष २७ को नरेन्द्र बोहरा, अटोमा सवार ऐ. चौराहा बस्ने बर्ष ३६ को प्रेम खत्री र ऐ.१३ राजपुर बस्ने बर्ष ४० को चक्रपति गिरीको साथबाट २ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, अटो सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        दार्चुला:- मिति २०८२।०८।२२  गते २०:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, महाकाली न.पा.४ खलंगा बजारबाट शंकास्पद रुपमा पैदल हिडी राखेको अवस्थामा ऐ. व्यास गा.पा.६ हुती घर भई ऐ. महाकाली न.पा.४ डेरा गरी बस्ने बर्ष २२ को बिजय टमटा र ऐ. महाकाली न.पा.४ खलंगा बजार बस्ने बर्ष २१ को धिरज लुहारलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ३१ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    

फरार प्रतिबादी पक्राउ
२०८२-०८-२३

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५५।०१।२७ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१२,०००।- (बाह्र हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.३ बस्ने बर्ष ६३ को राम सिंह तामाङलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।           डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको फैसलाले बहुविवाह मुद्दामा १ बर्ष ११ महिना १० दिन कैद सजाय तोकिएको जिल्ला डोटी, शिखर न.पा.२ मुढेगाँउ बस्ने बर्ष ४० को लाल बहादुर दाशलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२२ गते पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-२२

     कैलाली:- मिति २०८२।०८।२१ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४५,६००।–बराबरको कोट, लुङ्गी, सल, भेष्ट, टाउजर, पेटिकोट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- मिति २०८२।०८।२१ गते १०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०७,०६३।–बराबरको बिभिन्न किसिमका कपडा, मोबाईल कभर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२२

     कैलाली:-  मिति २०८२।०८।२१  गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चौराहबाट जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.५ बस्ने वर्ष २७ को गोविन्द विष्टलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        कञ्चनपुर:-  मिति २०८२।०८।२१  गते १७:२० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.८ भाँसिबाट सोही ठाउँ बस्ने वर्ष २१ को महेन्द्र डगौरालाई पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी बिट गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

फरार प्रतिबादी पक्राउ
२०८२-०८-२२

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. चोरी मुद्दामा २ वर्ष कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४  डि गाँउ बस्ने बर्ष २३ को आसबिन पौडेल क्षेत्री  । २. चोरी मुद्दामा २ वर्ष कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४  डि गाँउ बस्ने बर्ष २२ को आशिष सुनार ।३. चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २१ को सुबिर डगौरा ।४. चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २४ को राज चौधरी ।      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०७।१६ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१४ मझगाँउ वस्ने बर्ष २४ को अजय भण्डारीलाई अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२१ गते पक्राउ गरेको ।