प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०३-०८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।०७ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा. ७ स्थित सडक खण्डमा से १ ह १०९५ नम्बरको अटोले ऐ.७ बस्ने पैदल यात्री बर्ष ६५ की पटारी चौधरीलाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि टिकापुर अस्पताल टिकापुर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, अटो र अटो चालक टीकापुर न.पा.९ बस्ने बर्ष ४८ को तपेन्द्र धामीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।

    कञ्चनपुर:- मिति २०८१।०३।०७ गते २२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ डाउना होटेल नजिक पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सु.प.प्र.०२-००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको  ट्याक्टरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक ऐ.भिमदत्त न.पा. १८ बस्ने वर्ष २९ को सन्जिप चौधरी गम्भिर घाइते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्त घोषणा गरेको र सोही मोटरसाइकलमा पछाडी सवार ऐ. बेदकोट न.पा.८ बस्ने बर्ष २७ को मनोज चौधरीको महाकाली प्रादेशिक अस्पताल हुँदै नबजीबन अस्पताल धनगढीमा उपचार भइरहेको, दुर्घटनामा संलग्न  ट्याक्टर र ट्याक्टर चालक बेलौरी न.पा. ६ बस्ने बर्ष २४ को रामु रानालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०६

    कैलाली:- जि.कैलाली भजनी नगरपालिका वडा नं.३ पडरीया स्थित इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बिहीबार दिउसो सोही ठाँउ बस्ने अन्दाजी बर्ष २८ को हरि प्रसाद डगौराको घर कोठामा खानतलासी गर्दा शुद्ध तौल ७७० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई बिहीबार दिउसो नियन्त्रणमा लिएको ।     यसै गरी जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा स्थित बिहीबार साँझ अस्थायी प्रहरी पोष्ट मनेहरा कैलालीबाट खटिएको प्रहरी टोलीले  ऐ.ऐ. १२ मनेहरा पुरानो शिविर‍ बस्ने वर्ष १८ को एकजना किसोरलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ७० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा-११ डोकेबजार स्थित बिहिबार साँझ भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. -५ गेटा बस्ने अन्दाजी बर्ष १९ को कुशल बिष्टलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट शुद्ध तौल ४५० मिलिग्राम खैरो हिरोईन जस्तो धूलो पदार्थ फेला पारी उक्त पदार्थ सहित चार जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०५

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ दक्षिणकाली मार्ग स्थित बुधबार साँझ जिल्ला कैलाली गोदावारी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को सन्जय राना, जिल्ला कंञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुर बस्ने बर्ष १९ को घनश्याम राना र एकजना १८ बर्षे किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट शुद्ध तौल ३ ग्राम ५८ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित तीनै जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धा प्रहरीले आबश्यकक अनुसन्धान गरिरहेको ।