फरार प्रतिवादी पक्राउ
२०८१-०३-०८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८०।०८।०५ गतेको फैसलाले लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिइ फरार रहेको घोडाघोडी न.पा.८ दिपनगर बस्ने बर्ष ३१ को फैसल खाँनलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।०७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।