प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०३-०९

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०३।०८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा ३ बिद्युत कार्यालय नजिक र बिशालनगर, ऐ.४ बसपार्क, ऐ.९ त्रिबेणीघाट, ऐ.१४ H गाँउघाट, गोदावरी न.पा.२ पहाड रोड बसपार्क नजिक, गौरीगंगा न.पा. १० उदासीपुर, भजनी न.पा.२ कटानपुर र कैलारी गा.पा.३ निमुवा बोझिबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,७२,४४०।– बराबरको चिनी, सुजि, पेय पदार्थ, सुर्ती, मिठाई, थान कपडा, पाइन्ट, मोजा, चप्पल, प्लाष्टिक डोरी, सेतो कपडा, सुटपिस, सिद्रा माछा, माछा, बोइलर कुखुरा, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

   कञ्चनपुर:- मिति २०८१।०३।०८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० जिमुवा जाने बाटो नजिक र बेलौरी न.पा. ६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५७,०२०।– बराबरको ग्यास चुलोको पाईप, कुकरको रवर, बिन्दी,भाईरल चप्पल,रुमाल,गन्जी,अन्डरबेयर,कस्मेटिकको सामान, किरनाको सामान, इन्भटर, ब्याट्री  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२२

   कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ ठेकीपुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७६,६००।– बराबरको पटका, स्विच, सोल्डिङ वायर, TV रिमोट, ब्याट्री चार्जर लगायतका सामानहरु  शनिबार बेलुकी इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ चौकीसत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५७,६१०।– बराबरको मिठाई, सोन पापडी, सारा बत्ति, रङ्गोली लगायतका सामानहरु शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२१

  कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७४,०५०।– बराबरको पटका, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,४०,५५०।– बराबरको चिनी, मिश्री, मिठाई, नरिवल, विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको बिडी शुक्रबार प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।