प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०३-०९

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिइ फरार रहेको घोडाघोडी न.पा. १ सुखड बस्ने बर्ष २६ को आर्जन चौधरीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।०८ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित ८ जना मानिस पक्राउ
२०८३-०२-१७

       कैलाली:-  जिल्ला कैलाली लम्किचुहा न.पा.१ बाट २३० ग्राम लागूऔषध गाँजा देखिने पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २४ को कमल चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले निजको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।     यसैगरी,  टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ६३० मिलिग्राम सहित सोही न.पा.१ ब्लक नम्बर १६  बस्ने बर्ष ३१ को दिनेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी,  टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम २० मिलिग्राम, नाईट्रोजाम ३ क्यापसुल र स्पाजाम ८ क्यापसुल सहित सोही न.पा.७ बैद्य टोल बस्ने बर्ष २१ को खकेन्द्र साउदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी,  भजनी न.पा.६ विस्नापुरबाट ३४० मिलिग्रमा लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा जानकी गा.पा.४ मुनुवा बस्ने बर्ष २० को प्रासिस रावत र १८ बर्षिय किशोर रहेका छन ।  जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर लालझाडी गा.पा.६ चन्देवबाट २३० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा जिल्ला बैतडी, पुर्चौडी न.पा.८ बस्ने बर्ष ३२ को अर्जुन धानुक र पुनर्वास न.पा.२ मोतिबस्ति बस्ने बर्ष २२ को आशिष साउद रहेका छन ।  इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले से ६ प ७५९ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।      दार्चुला:-  जिल्ला दार्चुला महाकाली न.पा.४ बाङ्गा बगरबाट ११ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित मार्मा गा.पा. ४ घर भई हाल बाङ्गा बगर बस्ने  बर्ष ३१ को सन्तोष बर्मा सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१६

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खैरीपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको हाफ सर्ट, भेस्ट लगायतका सामानहरु शुक्रबार प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा. ४ तरकारी वजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।– बराबरको माछा शुक्रबार जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।