प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-१०

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०३।०९ गते १३:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणीबाट सोही ठाउँ बस्ने वर्ष ५६ को हरीलाल ऐरलाई निजले संञ्चालन गरेको खुद्रा पसलबाट गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा २९.३५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

    यसैगरी, मिति २०८१।०३।०९ गते १८:०० बजेको समयमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकी, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीको होल्डिङ सेन्टर नजिकबाट शंका लागि चेकजाँच गर्दा ऐ.२ बस्ने बर्ष २९ को पुरुषोत्तम जोशीलाई २.६३ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-१५

    कैलाली:-  मिति २०८१।०९।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ शिसा पोष्ट, भजनी न.पा ३ जसबहादुर घाट नजिक, टिकापुर न.पा. ९ कालिमाटी स्थित सडक खण्ड र जोशीपुर गा.पा.३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९३,९५०।– बराबरको चिनी, बिडी, सुर्ती, झ्याल, ढोकाको पर्दा, फलाम काट्ने मेसिन, मोटरसाइकलका बिभिन्न पार्टपुर्जा, साइकलका बिभिन्न पार्टपुर्जा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।               कञ्चनपुर:-  मिति २०८१।०९।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ६ ऐठपुर, बेलौरी न.पा.१ बैशाखी, ऐ. ६ भुराकोट र ऐ.७ पौलाहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,७७,७५०।– बराबरको युरिया मल, कुर्सी, ट्रयाक, ट्रयाकसुट, सट, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-१३

     कैलाली:-  मिति २०८१।०९।१२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ बङग्राकटान, भजनी न.पा.०३ काँडा पुल नजिक, टीकापुर न.पा.९ बालुवाटार र जोशीपुर गा.पा.३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९८,५००।– बराबरको प्याज, चिनी, सरप, बिडी, सुर्ती, मोजा, पाल, बिषादी, सिद्रा माछा  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।             कञ्चनपुर:-  मिति २०८१।०९।१२ गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०४,९६०।– बराबरको चिनी, मिश्री, मटर, खाने तेल, किराना, हाडवेयर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको । 

फरार प्रतिवादी पक्राउ
२०८१-०९-१३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०९।१२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शान्तीनगर बस्ने बर्ष २९ को बिपिन मल्ल ।२.  चेक अनादर मुद्दामा रु.१,०००।- जरिवाना तोकिएकी टिकापुर न.पा.१ बस्ने नारायणी देवी खत्री ।     अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको फैसलाले काठ कटान तथा ओसारपसार मुद्दामा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०९।१२ गते प्रहरी चौकी भौरवस्थान, अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. जिल्ला अछाम, तुर्माखाद गा.पा. ६ बस्ने माङ्गली देवि जैशी -  जरिवाना रकम रु. २२,४११।८७ ।२.  ऐ.ऐ . बस्ने तारा देवि साउद – जरिवाना रकम रु.२२,४११।– ३. ऐ.ऐ . बस्ने हर्क बि.क.- जरिवाना रकम  रु. २२४११।७७ ।