प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक फेला

२०८१-०३-१०

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:- मिति २०८१।०३।०९ गते १७:५० बजेको समयमा जिल्ला डडेल्धुरा, अजयमेरु गा.पा.४ देवली जंगलमा स्थानिय गोठालाहरुले एक नाले भरुवा बन्दुक रहेको भनि जानकारी गराउना साथ प्रहरी चौकी देवलदिब्यपुर, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक नाल १ फेला पारी बरामद गरेको, यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०८

      कैलाली, गोदावरी नगरपालिका-१ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ क्याम्पसरोड बस्ने ३१ वर्षीय हितेश साहुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ कटान जानकी टोलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ११० मिलिग्राम सहित सोही न.पा.३ भाषी बस्ने १८ वर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ बरैया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३५० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.९ नौखरी बस्ने वर्ष २६ को विक्रम डगौरा र ऐ. १० बस्ने वर्ष २२ को महेश चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरुले प्रयोग गरेको शु.न.पा.ह ४० नम्वरको अटो सहित दुवै जनालाई पक्राउ गरेको छ ।