प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-११

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०३।१० गते १७:०० बजेको समयमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ भगतपुरबाट सोही ठाउँ बस्ने बर्ष ३० को तेजराज भट्टलाई ०.१४ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

    कैलाली:- मिति २०८१।०३।१० गते १५:२४ बजेको समयमा इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्ला कैलाली, चुरे गा.पा.६ फल्टुडे पोस्ट नजिकबाट जिल्ला डडेल्धुरा, अमरगढी न.पा.२ कुस्माली बस्ने बर्ष २१ को ललित ऐर र १६ बर्षिय किशोर समेत दुई जनालाई चेकजाँच गर्दा ललित ऐरको साथबाट १५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोले निजहरु दुवै जना र निजहरु सवार मोटरसाईकल थान-१ नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२३

    कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१ बन्साह बस्ने १९ वर्षीय यालिस भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ९ सय ३० मिलिग्राम र नगद ३१ हजार ५ सय रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले यालिसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।    अछाम, साँफेबगर नगरपालिका-४ जनकल्याण टोल बस्ने सोही नगरपालिका-१० बाब्ला घर भएका ५३ वर्षीय प्रताप बटालालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २५ ग्राम २ सय ८० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले प्रतापको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धि आवश्यक अनुसन्धान भैरहेको छ ।

अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।