प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

टेवुल पंखा खस्न गइ मानिस मृत्यु

२०८१-०३-११

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०३।१० गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ७ गाउजी बस्ने वर्ष ६८ को रत्न प्रकाश लामिछाने आफ्नै घर आगनमा टेबुल फ्यान (पंखा) चलाई बसी राखेको अवस्थामा सोही फ्यान शरिरमा खस्न गइ गम्भिर घाइते भई उपचारको लागि महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१३

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ खानेपानी कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४०० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २६ को संजय नेपाली समेत ५ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित जानकी सामुदायिक बन क्षेत्र भित्र लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ७ ग्राम १९० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३४ को अनिल राना र वर्ष २२ को हरि राम रानालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार राति सु.प.प्र.०१-००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.३ बलराम टोलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ६७० मिलिग्राम सहित बेलौरी न.पा.९ अण्डैया बस्ने वर्ष २६ को दिनेश डगौरालाई प्रहरी चौकी झिलमिला, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।