प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ पुरानो भन्सार रोड,ऐ.३ ट्राफिक चौराहा, ऐ. १८ F गाँउ, भजनी न.पा.६ माहादेउली, ऐ.९ आमरी, लम्की चुहा न.पा. २ मोतिपुर स्थित भित्रि सडक खण्ड, घोडाघोडी न.पा.११ आम्बासा र कैलारी गा.पा. वडा नं. ५ गोबरेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,६५,१७०।– बराबरको बिडी, सुर्ती, कुरकुरे, सलाई, झोला, कुर्ता सुरवाल, माछा, भरतिय नम्बर प्लेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०३।११ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० सुकासाल, गज्जर, ऐ. १७ बासखेडा र पुनर्वास न.पा.११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,०४,८६५।– बराबरको चिनी, खानेतेल, मिठाई, जुत्ता चप्पल सुर्ती, टि-सर्ट, गन्जी, अण्डरवेयर, सुटपिस, थान कपडा, तिरपाल,   भिजिट कार्डहरु, छल्लाहरु, स्टिकर, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यू
२०८२-०९-२७

    डडेल्धुरा:- मिति २०८२।०९।२६ गते १८:३० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.९ कुयापानी स्थित जोगबुढा दैजि सडक खण्डमा जोगबुढाबाट गाईबाधे तर्फ गइरहेको से २ त १४७४ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट आउदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.१२ पन्तुरा बस्ने बर्ष २७ को नबिन साउद र मोटरसाइकल पछाडी सवार सोही बस्ने बर्ष ३५ को मान जाग्री गम्भिर घाईते भई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा दुवै जनालाई मृत घोषणा गरेको,  ट्याक्टर चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.९ सतघाट बस्ने बर्ष ३२ को शुरेस भट्ट फरार रहेकोले खोजतलास भईरहेको छ ।          

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८२-०९-२६

     डोटी:-  मिति २०८२।०९।२५ गते १५:२५ बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.१० बान्डुङग्रीसैन स्थित के.आई. सिंह राजमार्गमा धनगढी बाट दिपायल तर्फ जाँदै गरेको  सु.प.प्र. ०१-०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री  सोही ठाउँ बस्ने बर्ष ६८ की तारा देवी बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको, मोटरसाइकल चालक डोटी दिपायल सिलगढी न.पा.०२ खुल्लेक बस्ने बर्ष २६ को मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष ३६ को राम बोगटीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।