प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध हतियार सहित मानिस पक्राउ

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:- मिति २०८१।०३।११ गते १७:०० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा. १ जोगबुढा घर भई हाल ऐ.आलिताल गा.पा.३ डाँडाखर्कमा बाख्रा पालन गरी बस्ने बर्ष अन्दाजी ५५/५६ को भोज नाथको काठ र खरले बनेको कच्ची घरमा अबैध एक नाले भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले अबैध भरुवा बन्दुक बरामद गरी निज भोज नाथ समेतलाई आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।