प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.१,०००।–जरिवाना तोकिइ फरार रहेको कैलाली धनगढी उ.म.न.पा.५ बस्ने बर्ष ३४ को गणेश चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।११ गते निजकै घर ठेगानाबाट  पक्राउ गरि सम्मानित अदालत समक्ष पेश गरेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८२-०९-१४

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले वहु बिवाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।– (दश हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.८ बस्ने बर्ष ३३ को लाल बहादुर टमटालाई ऐ. धनगढी उ.म.न.पा.२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१३  गते पक्राउ गरेको ।       दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०७३।०२।३० गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।१३ गते जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१.    हाडनाता करणी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला दार्चुला, नौगाड गा.पा.३ बस्ने वर्ष २६ को देबेन्द्र ठगुन्ना ।   २.    हाडनाता करणी मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला दार्चुला, नौगाड गा.पा.३ बस्ने वर्ष ३० की मौना ठगुन्ना ।   

फरार प्रतिबादी पक्राउ
२०८२-०९-१३

    कैलाली :-  फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २ (दुई) जना फरार प्रतिवादीहरुलाई निजहरुको घर ठेगानाबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।११ गते पक्राउ गरेको ।      डडेल्धुरा :-  फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले लागु औषध मुद्दामा ८ दिन कैद, रु.१०,०००।– र अन्य रु. ४००।- जरिवाना तोकिएका फरार प्रतिवादी जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ मिलन चोक बस्ने वर्ष २२ को आयुष सिजापतीलाई जिल्ला डडेल्धुरा अमरगढी न.पा.५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१२ गते पक्राउ गरेको छ ।     

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१३

  कञ्चनपुर :- मिति २०८२।०९।१२ गते अं ०८:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाडा स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५६,००।– ( छपन्न हजार ) बराबरको चिनि र प्लाष्टिक पोलिथिन प्रहरी चौकी टेडुवा,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    कैलाली :- मिति २०८२।०९।१२ गते अं १८:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिक अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २८,९००।– ( अठ्ठाईस हजार नौ सय ) बराबरको बिद्युतका सामाग्रीहरू जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।